Headline

आईपीएल पनि सर्ने

Published

on

विश्वभर फैलिएको कोरोना भइरसका कारण इन्डियन प्रिमिएर लिग (आईपीएल) पनि सर्ने भएको छ । मार्च २९ तारिखबाट शुरु हुने भनिएको प्रतियोगिता अब अप्रिल १५ तारिखबाट मात्र शुरु हुने भएको छ ।

केहि समय अघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले कोरोनाले आईपीएललाई प्रभावित नगर्नेर समयमा नै हुने जनाएका थिए । तर आज बीसीसीआईको बैठकले नै आईपीएलको मिती सार्ने भएको हो ।

यस अघि भारत सरकारसँगको बैठकका कारण बीसीसीआईले दर्शक बिहिन अथवा खाली रंगशालामा खेल खेलाउन सक्ने जनाएको थियो ।

यस अघि भारत सरकारले विदेशीहरुलाई भिसामा कडाई र रोक लगाएका कारण आईपीएलमा खेल्न आउने विदेशी खेलाडीहरुलाई पनि असर गर्ने भएको समाचार आएको थियो । जसका कारण अप्रिल १५ तारिख सम्म कुनै पनि टोलीले विदेशी खेलाडीलाई आफ्नो टोलीमा समावेस गर्न नपाउने भएका थिए ।

भारत सरकारले कोरोनाको प्रभाबका कारण अप्रिल १५ सम्म कुटनैतिक र कामदार भिसा बाहेक अन्य भिसा दिन रोक लगाएको छ । जसका कारण आईपीएल खेल्न आउने खेलाडीलाई पनि प्रभावित पार्ने भएको हो ।

तर अहिले विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारी रोगको उपनाम दिएको र विश्वभर संचालन हुने खेलकुद गतिविधि कोरोनाकै कारण पछिलाई सरेका कारण आईपीएल पनि शंकाको घेरामा रहेको थियो ।

 

Click to comment

Trending