Headline

सातदोबाटोको लगातार पाचौं जित

Published

on

दिनेश राइको एक मात्र गोलको मद्दतमा सातदोबाटो युथ क्लबले शहीद स्मारक बि डिभिजन लिग फुटबलमा बोइज युनियन क्लबलाई १–० ले हराएको छ ।

एन्फा मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दिनेशले १४ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । प्रतियोगितामै सशक्त प्रदर्शन गरिरहेको सातदोबाटो लगातार पाँच खेलमा जित हात पार्दै १५ अंक साथ अंक तालिकाको पहिलो स्थानमा कायमै रहेको छ ।

बोइज युनियन पाँच खेलबाट ७ अंक सहित पाचौं स्थानमा रहेको छ । सातदोबाटोले प्रतियोगिता अवधिभर एक गोल पनि खाएको छैन ।

Click to comment

Trending