Headline

च्याम्पियन्स लिग: रियल र सिटी बीचको खेल स्थगित

Published

on

च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र म्यानचेस्टर सिटी बीचको अन्तिम १६ को दोश्रो खेल कोरोना भाइरसका कारण पछि सरेको छ । मार्च १७ तारिख मंगलबार हुने भनिएको खेल अनिश्चित समयका लागि सरेको हो ।
कोरोनाको त्रासका कारण रियलका खेलाडीहरु क्वारेनटाईनमा १४ दिनका लागि बसेका कारण युईएफएले रियल र सिटीको खेल हालका लागि रद्ध गरेको हो । त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत आगमी मंगलबार नै हुने युभेन्टस र लायन बीचको खेल पनि रद्ध गरिएको युईएफएले जनाएको छ ।
त्यस्तै इटाली र युभेन्टस डिफेन्डर ड्यानिएले रुगानीको कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएको छ । प्रारम्भिक चरणको परिक्षणमा पोजिटिभ देखिएका २५ बर्षिय रुगानीमा भने कुनै पनि लक्षण नदेखिएको पनि जानकारी दिएको छ । जसका कारण युभेन्टसका खेलाडीहरु पनि क्वारेनटाइनमा बस्ने भएका हुन् ।
इटालीले अप्रिल ३ सम्मका लागि कुनै पनि खेलकुद गतिविधि नगर्ने निर्णय लिइसकेको छ भने लामो समयपछि सिङ्गो देश नै ठप्प बन्न पुगेको छ ।
कोरोना भारस फैलिन शुरु भएको चिनपछि इटालीमा सबैभन्दा बढी यो भाइरसका कारण मानिसहरुले ज्यान गुमाएका छन् ।

Click to comment

Trending