Headline

विदेशी खेलाडी बिहिन आईपीएल 

Published

on

इन्डियन प्रिमिएर लिग (आईपीएल) को शुरुवाती खेलहरुमा विदेशी खेलाडीहरु खेल्न नपाउने भएका छन् छन् ।
विश्वभर फैलिएको कोरोना भइरसका कारण भारत सरकारले विदेशीहरुलाई भिसामा कडाई र रोक लगाएका कारण आईपीएलमा खेल्न आउने विदेशी खेलाडीहरुलाई पनि असर गर्ने भएको हो । जसका कारण अप्रिल १५ तारिख सम्म कुनै पनि टोलीले विदेशी खेलाडीलाई आफ्नो टोलीमा समावेस गर्न पाउने छैनन् ।
भारत सरकारले कोरोनाको प्रभाबका कारण अप्रिल १५ सम्म कुटनैतिक र कामदार भिसा बाहेक अन्य भिसा दिन रोक लगाएको छ । जसका कारण आईपीएल खेल्न आउने खेलाडीलाई पनि प्रभावित पार्ने भएको हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले यस अघि पत्रकारहरुसँगको कुराकानीमा कोरोनाले आईपीएललाई प्रभावित नगर्ने र समयमा नै हुने जनाएका थिए । तर अहिले विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारी रोगको उपनाम दिएको र विश्वभर संचालन हुने खेलकुद गतिविधि कोरोनाकै कारण पछिलाई सरेका कारण आईपीएल पनि शंकाको घेरामा छ ।
भारत सरकारसँगको बैठकका कारण बीसीसीआईले दर्शक बिहिन अथवा खाली रंगशालामा खेल खेलाउन सक्ने जनाएको छ । तर प्रतियोगिता नै सार्ने अथवा खाली रंगशालामा खेलाउने भन्ने शनिबार मुम्बईमा हुने बोर्ड बैठकले टुंगो लगाउने छ ।

Click to comment

Trending