Headline

टुसाल र खुमलटार बराबरीमा

Published

on

शहीद स्मरक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लब र खुमलटार युथ क्लबले २-२ को बाराबरी खेलेका छन।

टुसालले खेलको पहिलो गोल सातौँ मिनेटमा गरेको थियो। मोहित गुरुङले डिबक्सको ठीक बाहिर पाएको फ्रीकिक्कलाई सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए। १६ औँ मिनेटमा भने खुमलटारले बाराबरी गोल फर्काउन सफल भएको थियो। खुमलटारका लागि मनिष राइले सविन के.सीले दिएको थ्रु पासलाई गोल गर्न सफल भएका थिए ।

२० औँ मिनेटमा खुमलटारले पाएको पेनाल्टीलाई टुसालका गोलरक्षक दिपएश घोली श्रेष्ठले उत्कृष्ट बचाउ गरे। यस्तै खेलमा अग्रता बनाउने क्रममा खुमलटारका कप्तान सविन के.सीले ३० औँ मिनेटमा प्रसान्त अवस्थीको क्रसमा हेडिङ गोल गर्दै खुमलटारलाई २-१ को आग्रता दिलाउन सफल भएका थिए।

पहिलो हाफमा अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा भने जोगाउन सकेन। टुसालले खेलको ६० औँ मिनेटमा सन्तोष दाहालको गोलबाट बाराबरी गर्न सफल भएको थियो।

आजको खेल सङै खुमलटार १० अंकका साथ तेस्रो स्थानमा छ भने टुसाल युथ क्लब ७ अंकको साथ चौथोँमा मा रहेको छ। पहिलो स्थानमा भने १२ अंकका साथ सतदोबाटो युथ क्लब र दोस्रोमा ११ अंकका साथ बाँसबारी क्लब रहेका छन।

Click to comment

Trending