Headline

आर्मीलाई हराउदै मनाङ पोखरामा फाइनल पुग्यो

Published

on

बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक खेलमा ३–२ ले पाखा लगाउदै मनाङ मस्र्याङ्गदी क्लब १८ औँ आहा–रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय रँगशालामा मनाङका लागि बिमल राना, अन्जन बिष्ट र विदेशी खेलाडी फ्लोरेन्टले गोल गरेका थिए । आर्मीका लागि भने भरत खवास र दिप कुमार लामाले गोल गरेका थिए । रोमान्चक बनेको सेमीफाइनल खेलमा आर्मीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुगेको थियो ।

साहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । मनाङले चैत्र १ गते हुने फाइनलमा अर्को बिभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने छ ।

६ पटकको आहा रारा गोल्डकप बिजेता मनाङले फाइनल जित्नका लागि सक्दो मिहिनेत गर्ने प्रशिक्षक फुजा तोपेले बताएका छन् । डिफेन्स फितलो भएको कारण खेल हार्न पुगेको आर्मीका प्रशिक्षक नाबिन न्यौपानेले बताए ।

Click to comment

Trending