Headline

कोरोना भाइरसः एन्फा कम्प्लेक्समा पहिले थर्मल गन

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) बिश्वभर त्रास फैलाएको कोरोना भाइरसबिरुद्ध शतर्कता अपनाउदै शहीद स्मरक बि डिभिजन लिगका लाथि एन्फा कम्प्लेक्स परिसर छिर्ने खेलाडी, रेफ्री, पदाधिकारी र दर्शकको तापक्रम लिएर मात्र प्रवेश दिन शुरु गरेको छ ।

बि डिभिजन लिग अन्तर्गत टुसाल युवा क्लब र खुमल्टार युवा क्लबबीचको बिहिबार भएको खेल अघि एन्फाले यो कदम चालेको हो । एन्फाले परिसर प्रवेश गर्ने सबैको थर्मोमिटर गन मार्फत तापक्रम लिइरहेको छ । कोरोना भाइरसको पहिलो लक्षण तापक्रम बढ्नु, जिउ दुख्नु र सामान्य रुघा खोकी लाग्नु रहेको छ ।

नेपालमा अहिले सम्म कोभिद–१९ को संक्रमण नदेखिए पनि यसको असर नेपाली फुटबलमा मात्र नभइ सम्पूर्ण खेल क्षेत्रमै परिसकेको छ । प्रशस्त प्रतियोगिताहरु रद्द भैसकेका छन् । कोरोनाकै कारण एभरेष्ट प्रिभियर लिग क्रिकेट पनि स्थगित गरिएपछि बिश्वस्तरीय क्रिकेटरहरुको आगमनमा शंका उत्पन्न भइसकेको छ ।

अन्य विभिन्न देशमा यस्को प्रभावका कारण फुटबल खेलमा असर परेको प्रस्ट देखिन्छ । अन्य देशका लिग हरुमा बिना दर्शक खेल खेलाउन सुरु गरिसके पनि एन्फाले भने बि डिभिजन लिगलाई यथास्थितिमै सञ्चालन गरिरहेको छ ।

Click to comment

Trending