Headline

एनबिएको सिजन नै अनिश्चितकालका लागि स्थगित

Published

on

अमेरिकाको न्याशनल बास्केटल एशोसिएसन (एनबिए) ले बिश्वकै महँगो मध्येको एक खेलकुद लिग एनबिए कोरोना भाइरसका कारण अनिश्चितकालका लाथि स्थगित गरेको छ ।

युटाह् ज्याजका प्लेयर रुडी गोबर्ट कोरोनाको परिक्षणमा पोजिटिभ पाइएपछि एनबिएले यो निर्णय लिएको हो । ज्याजले ओक्लोहोमा सिटी थण्डरसँग खेल्नु अघि रुडीको परिक्षण पोजिटिभ देखिएपछि खेल स्थगित गरिएको थियो भने केही घण्टामै एनबिएले लिग नै स्थगित गरेको थियो ।

एनबिएले कोरोनाको त्रासका कारण लिगका खेलहरु खाली स्टेडियममा खेलाउने भनिएपनि खेलाडीहरु नमान्दा लिगलाई निरन्तरता दिइएको थियो । रोयस यँगका अनुसार थण्डरका खेलाडी क्रिस पउल ज्याजको बेञ्चमा पुगेर रुडीको बारेमा जानकारी लिन खोज्दा उनलाई अन्य खेलाडीहरुले त्यहाबाट फर्किन भन्दै चिच्याएका थिए । रुडी बेञ्चमा थिएनन् ।

Click to comment

Trending