Headline

युभेन्टसका डिफेन्डरलाई कोरोना भाइरस

Published

on

इटाली र युभेन्टस डिफेन्डर ड्यानिएले रुगानीको कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएको छ । प्रथम श्रेणीका फुटबलरमा कोरोना भाइरस देखिएका रुगानी पहिलो खेलाडी हुन् ।

यसअघि बुधबार जर्मनीको दोश्रो श्रेणीको क्लब ह्यानोभरले आफ्नो खेलाडी टिमो हम्बर्सलाई कोरोना भाइरस लागेको बताएको थियो । रुगानीको उपचारका लागि कानुनको माग अनुसार उनलाई आइसोलेसनमा राख्नको लागि सबै प्रकृया थालेको युभेन्टसले बताएको छ ।

प्रारम्भिक चरणको परिक्षणमा पोजिटिभ देखिएका २५ बर्षिय रुगानीमा भने कुनै पनि लक्षण नदेखिएको पनि जानकारी दिएको छ । इटालीले अप्रिल ३ सम्मका लागि कुनै पनि खेलकुद गतिविधि नगर्ने निर्णय लिइसकेको छ भने लामो समयपछि सिङ्गो देश नै ठप्प बन्न पुगेको छ ।

कोरोना भारस फैलिन शुरु भएको चिनपछि इटालीमा सबैभन्दा बढी यो भाइरसका कारण मानिसहरुले ज्यान गुमाएका छन् । रुगानीले यो सिजन युभेन्टसका लागि सात खेल मात्र खेलेका छन् भने बन्द रँगशालामा युभेन्टसले इन्टर मिलानलाई २–० ले हराउदा उनी सब्स्टिच्युटको रुपमा रहेका थिए ।

युभेन्टसले उनको सम्पर्कमा रहेका अन्य फुटबलरहरुको पनि परिक्ष गरिने बताएको छ । रुगानीले युभेन्टसका लागि चार वटा सिरी आ उपाधि जितेका छन् भने इटालीका लागि सन् २०१८ सम्ममा सात वटा खेल खेलेका थिए ।

Click to comment

Trending