Headline

लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

Published

on

एट्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा पराजित भएपछि डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

एन्फिल्डमा जोर्जिनो वाइनाल्डमले ४३ औं मिनेटमा डेडर मार्फत गोल गर्दै लिभरपुललाई पहिलो लेगमा १–० ले पछाडी रहेको स्थितिबाट बराबरीमा ल्याएका थिए । खेल १–१ को बराबरी टुङ्गिपछि थपिएको अतिरिक्त समयमा रोबेर्टो फर्मिनोले गोल गरे पनि एट्लेटिकोले थप तीन गोल गर्दा लिभरपुल समग्रतमा ४–२ ले पराजित हुन पुग्यो ।

लिभरपुलले ९० मिनेटको अवधिभर एट्लेटिको माथि लगातार दवाब पनि बनाएको थियो । सातौं पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको लिभरपुलका लागि अतिरिक्त समयको चौथो मिनेटमा रोबेर्टो फर्मिनोले एन्फिल्डमा सिजनकै पहिलो गोल गरेपछि योर्गेन क्लोपको टोलीले अग्रता बनाएका थियो ।

तर त्यसपछि एट्लेटिकोले तीन गोल ठोक्यो । मार्कोस लोरेन्तेले तीन मिनेटपछि नै बराबरीको गोल गरे भने अतिरिक्त समयको इन्जुरी टाइममा अर्को गोल थप्दै ३–२ को अग्रता दिलाए । बराबरीको लागि संघर्षरत लिभरपुलबिरुद्ध अल्भारो मोराटाले दोश्रो इन्जुरी टाइममा अर्को गोल गरेपछि एट्लेटिकोले रोमाञ्चक जित हात पार्यो ।

यता पेरिसमा भएको खेलमा २–१ ले पटि परेको स्थितिलाई उल्टाउदै पेरिस सेन्ट जर्माइन बोरुसिया डर्टमन्डलाई समग्रमा ३–२ ले पराजित गर्दै पेरिस सेन्ट जर्माइन अन्तिम ८ प्रवेश गर्न सफल भयो । कोरोना भाइरसको त्रासका कारण खाली रँगशालामा भएको दोश्रो लेगमा पिएसजी २–० ले बिजयी हुन पुग्यो ।

पिएसजीका लागि नेमारले २८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । बर्नाटले पहिलो हाफको अन्त्यतिर गोल गर्दै जित दिलाएका थिए । हारसँगै डर्टमन्डका एर्लिङ्ग हालान्डको च्याम्पिन्यस लिगको सनसनीपूर्ण प्रदर्शनमा पनि पूर्णबिराम लागेको छ ।

Click to comment

Trending