Headline

च्याम्पियन्स लिग अघि लिभरपुललाई ठुलो राहत 

Published

on

लिभरपुलका कप्तान जोर्डन हेन्डरसन च्याम्पियन्स लिग अन्तर्गत एथलेटिको म्याड्रिड बिरुद्धको दोश्रो लेगका लागि मैदानमा उत्रने भएका छन् । एथलेटिको बिरुद्धको पहिलो लेगमा १-० ले पराजित भएको खेलका क्रममा ह्यामस्ट्रिंगमा चोट बोकेका हेन्डरसन त्यस पछि मैदान बाहिर रहेका छन् ।
हेन्डरसनको आगमनले द रेड्सका बोस जर्गेन क्लोप पनि निकै खुशी र हर्षित छन् । ‘सबै एथलेटिकोका खेलाडीहरुसँग एन्फिल्डमा खेलको अनुभब छैन । हामी यसैको सदुपयोग गर्न चाहन्छौं । हामी हाम्रो समर्थकको पनि भरपुर सदुपयोग गर्न चाहन्छौं ,’ क्लोपले भने ।
‘त यो सजिलो भने छैन । उनीहरुको डिफेन्स गहिरो छ भने हामी बिरुद्ध काउन्टर अट्याकको पनि डर छ । उनीहरुको सबै खेलाडी हामी बिरुद्ध खतरनाक साबित हुन सक्छन ।’
यस सिजन इङ्ग्लिस प्रिमिएर लिगको प्रमुख दाबेदार देखिएको लिभरपुलले पछिल्ला पाँच खेल मध्य तीन खेलमा हारको सामना गरेको छ भने दुई खेलमा मात्र जीत निकाल्न सकेको छ । यस सिजनको लिग जीत्ने हो भने लिभरपुलले दुई खेलमा जीत निकाल्न पर्ने हुन्छ या दोश्रो नम्बरमा रहेको म्यानचेस्टर सिटीले दुई खेलमा पराजय भोग्न पर्ने हुन्छ ।

Click to comment

Trending