Headline

जिम्बाब्वे बिरुद्ध बंगलादेशको क्लिन स्विप 

Published

on

जिम्बाब्वे बिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा नौं विकेटको सहज जीत हात पार्दै बंगलादेशले दुई खेलको शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा ४८ रनको फराकिलो यस जीत हात पारेको बंगलादेशले आजको खेलमा पनि जीत निकाल्दै दुई ट्वान्टी ट्वान्टी खेलको शृंखलामा २-० ले आफ्नो कब्जा जमाएको हो ।
आजको खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र ११९ रन बनाउन सक्यो ।
जिम्बाब्वेका ओपनर ब्रेन्डन टेलरले सर्वाधिक ५९ तथा क्रैग एर्विनलव २९ बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । अविजित रहेका टेलरले ४८ बलको सामना गर्दै छ चौका र एक छक्का प्रहार गरे । त्यस्तै एर्विनले ३३ बलमा मात्र तीन चौका प्रहार गरे ।
जिम्बाब्वेलाई सस्तैमा रोक्ने क्रममा मुस्तफिजुर रहमान र अल-अमिन होस्सेनले समान २-२ विकेट हात पारे ।
जवाफी ब्याटिंङ गरेको बंगलादेशले १५ दशमलब पाँच ओभरमा एक विकेटको नोक्सानीमा जीत आत्मसाथ गरेको हो ।
बंगलादेशको जीतमा ओपनर लिटन दासले अविजित रहँदै ४५ बलमा आठ चौकाको मद्धत सर्वाधिक ६० रन बनाए भने अर्का ओपनर मोहम्मद नैमले पनि ३३ रनको योगदान दिए । त्यस्तै तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका सौम्य सरकारले अविजित २० रन प्रहार गरे ।

Click to comment

Trending