Headline

भारत र दक्षिण अफ्रिकाको पहिलो एकदिवसीय खेल बिहिबार

Published

on

घरेलु टोली भारत र दक्षिण अफ्रिका बीचको तीन एकदिवसीय खेलको शृंखला भोलीबाट शुरु हुँदैछ । धर्मशालामा हुने पहिलो एकदिवसीय खेल नेपाली समय अनुसार दिउँस १:४५ बजे शुरु हुनेछ ।

भारतले पछिल्लो पटक न्युजिल्यान्डको घरेलु मैदानमा तीन खेलको शृंखला खेल्दै ३-० ले हारको सामना गरेको थियो भने दक्षिण अफ्रिकाले आफ्नै घरेलु मैदानमा अस्ट्रेलियालाई ३-० ले पराजित गरेको थियो ।

भारतले आफ्नै घरेलु मैदानमा खेल्न लागेता पनि मौसम भने उसका लागि नयाँ हुन सक्छ । धर्मशालामा अहिलेको मौसम चिसो छ भने बर्षाको पनि सम्भावना रहेको छ जसले गर्दै अझै बढी चिसो हुने अनुमान गरिएको छ ।

मौसम जे-जस्तो भएता पनि भारतीय टोलीमा अनुभबी ओपनर शिखर धवन, अलराउण्डर हार्दिक पान्डया र तिब्र गतिका बलर भुवनेश्वर कुमारको आगमनले अझै बलियो देखिएको छ ।

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई आफ्नै घरेलु मैदानमा तीन खेलको शृंखलामा तीन वटामा नै पराजित गर्दा कप्तान क्विन्टन डी ककले तीन खेलमा मात्र ४१ रन बनाउन सकेका थिए भने दोश्रो एकदिवसीय खेलमा खाता पनि खोल्न सकेनन् । उनी बाहेक अन्य खेलाडीको प्रदर्शन भने तारिफ योग्य रहेको थियो । पुर्व कप्तान फाफ डु प्लेसिसको आगमनले पनि दक्षिण अफ्रिकन टोलीमा थप उत्साह आएको छ ।

यसै बीच दक्षिण अफ्रिकाका खेलाडीहरुले भारतका खेलाडीहरुसँग भारत भ्रमणका क्रममा हात नमिलाउने भएका छन् । विश्वभर कोभेड १९ (कोरोना भाइरस) को आतंक फैलीरहेको र विभिन्न खेलकुद गतिविधिहरुमा बाधा पुराई रहेको अवस्थामा दक्षिण अफ्रिकाले भने भारत भ्रमण गर्न लागेको हो । कोरोना भाइरसका कारण सतर्कता अपनाउनका लागि दुबै टोलीले हात मिलाउनुको साट्टो मुट्ठी जोड्ने छन् ।

Click to comment

Trending