Headline

ह्यानोभरका फुटबलरलाई कोरोना भाइरस

Published

on

जर्मनको प्रथम श्रेणी फुटबलबाट गत सिजन रेलिगेट भएको क्लब ह्यानोभरका खेलाडी टिमो हम्बर्सलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बुण्डेसलिगाबाट गत सिजन बुण्डेसलिगा २ मा झरेको ह्यानोभरले बुधबार यसको पुष्टि पनि गरेको छ । सुरक्षा सतर्कता अपनाउदै क्लबले अन्य खेलाडीहरुको पनि कोरोना परिक्षण गर्ने भएको छ । व्यवसायिक फुटबलरलाई कोरोना भारसको संक्रमण भएको यो पहिलो घटना हो ।

“हिल्डेसेममा शनिबार भएको एक कार्यक्रमका दौरान उनलाई कोरोना भाइरस लागेको अनुमान गरिएको छ । त्यसयता उनी आफ्नो टिमका साथीहरुसँग सम्पर्कमा नरहेको कारण अन्यलाई पनि भाइरस सरेको आंकलन गर्न सकिदैन । तर हामी अन्य खेलाडीहरुको पनि परिक्षण गर्नेछौं,” ह्यानोभरले एक प्रेस बिज्ञप्तिमा भनेको छ ।

हम्बर्सलाई अहिले घरेलु क्वारेन्टाइनमा राखिएको छ भने उनको टोली डिनामो ड्रेस्डेनबिरुद्धको खेलका लागि तयारी गरिरहेको छ । ह्यानोभरका स्पोर्टिङ्ग डिरेक्टर जेर्हारड युबरले उनको अवस्था गम्भिर नरहेको पनि पुष्टि गरेका छन् ।

Click to comment

Trending