Headline

थ्री स्टारलाई हराउदै पुलिस आहा राराको फाइनलमा

Published

on

थ्रि स्टार क्लबलाई ३–० ले पाखा लगाउदै नेपाल पुलिस क्लब पोखरामा आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय रँगशालामा पुलिसलाई फाइलनमा डोर्याउनका लागि निरकुमार राइले दुई र भरत शाहले एक गोल गरेका थिए । भरतले आठौँ मिनेटमा गोल गरेपछि पुलिसले खाता खोलेको थियो । खेल अवधिभर थ्रि स्टारलाई दवाबमा राखेको पुलिसले दोस्रो हाफको ६० औँ मिनेटमा निरको गोल मार्फत अग्रतालाई दोब्बर बनायो ।
७२ औँ मिनेटमा निरले अर्को गोल गरेपछि थ्रि स्टारको पुनरागमनको आशा पनि समाप्त भएको थियो । फाइनलमा अब पुलिसले त्रिभुवन आर्मी क्लब र मनाङ

मस्र्यङ्दीबीचको दोश्रो सेमिफाइनल बिजेतासँग खेल्नेछ । फाइनल चैत्र १ गते हुनेछ । थ्रि स्टार अघिल्लो हप्ता खप्तड गोल्डकपको फाइनलमा पराजित भएको थियो ।

Click to comment

Trending