राष्ट्रिय

नयाँ बस्तीको रोमन्चक जित

Published

on

नयाँ बस्ती युवा क्लबले सहिद स्मारक बि डिभिजनमा दोस्रो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा श्री भगवती क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्तिले दोस्रो जित निकालेको हो । नयाँ बस्तिको सानदार जितमा सचु गुरुङ र बैकल्पिक संजोक राईले एक एक गोल गरे ।

भगवतिको लागि लक्ष्मण जिसीले सान्त्वना गोल फर्काए । पहिलो हाफमा दबाबबिच एक गोल गरेको नयाँ बस्तिले दोस्रो हाफमा पनि अर्को गोल थप्यो । जितसङै नया बस्ती पाचौं स्थानमा उक्लिको छ । उसको ४ खेलबाट ५ अंक रहेको छ । श्री भगवतिको भने ४ खेलबाट ४ अंक सहित सातौ स्थानमा गरेको छ । खेलको ३० मिनेटमा नया बस्तिकाले सुरुवाती अग्रता बनायो । उसका सचु गुरुङले पहिलो गोल गरे । सचुले कर्नरबाट आएको बललाई डिबक्स बाहिरबाट हाफ भलिमा आकर्षक गोल गरेका थिए । दोस्रो गोल खेलको ६७ मिनेटमा सम्भब भयो । उसका संजोक राईले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । संजोकले करिब ३० यार्ड टाढाबाट दोस्रो बार च्यापेर प्रहार गरेको बल भगवतिका गोलरक्षक अमन्त शेखले ढम्याउन सकेनन् । खेलको ८५ मिनेटमा भगवतिले सान्त्वना गोल फर्कायो । उसका लक्ष्मण जिसीले पेनाल्टीमा गोल गरे । नया बस्तिका पेम्बा नुर्बु लामाले डिबक्स भित्र हेण्ड गरेपछि रेफ्री रोजेन्द्र खड्गीले भगवतिलाई पेनाल्टी दिएका थिए ।

आजनै भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबले श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्यो । चौथो चरणमा आएर झम्सिखेलले बुधबार पहिलो जित निकाल्यो ।

Click to comment

Trending