Headline

अफगानिस्तानलाई आयरल्यान्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला 

Published

on

तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा सुपर ओभरमा पराजित भएता पनि अफगानिस्तानले आयरल्यान्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । अफगानिस्तानले शृंखला २-१ ले आफ्नो पोल्टामा पारेको हो ।
जीतका लागि १४३ रनको लक्ष्य लिएर ब्याटिंङमा आएको अफगानिस्तानले २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४२ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो ।
अफगानिस्तानको तर्फबाट ओपनर तथा विकेट किपर ब्याट्सम्यान रहमानउल्लाह गुर्बाज़ले २९ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्धतमा सर्वाधिक ४२ रन बनाए । त्यस्तै कप्तान अस्गर अफगानले पनि ३२ रनको पारी खेले भने अन्तिम ओभरमा जीतका लागि १६ रन चाहिएको अवस्थमामा रशिद खानले अविजित रहँदै छ बलमा १४ रन बनाएर खेललाई सुपर ओभर सम्म पुर्याएक थिए ।
आयरल्यान्डका ग्यारेथ डेलान्य र सिमी सिंहले समान २-२ विकेट हात पारे ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको आयरल्यान्डले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४२ रन बनाउन सक्यो ।
आयरल्यान्डका ग्यारेथ डेलान्यले सर्वाधिक ३७ रन बनाए भने ह्यारी टेक्टरले पनि ३१ रनको पारी खेले ।
आयरल्यान्डलाई मध्यम स्कोरमा रोक्ने क्रममा नवीन उल हक र क्विस अहमदले समान ३-३ विकेट हात पारे ।

Click to comment

Trending