Headline

प्रिन्सको छलाङ्गः बिश्व बरियताको ७ औं स्थानमा

Published

on

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिश्व ब्याडमिन्टनमा छलाङ्ग मार्ने क्रम जारी छ । ८ दिनअघि विश्व जुनियर वरियतामा टप टेन भित्र छिर्दै इतिहास कायम गरेका प्रिन्स बुधबार जारी नयाँ वरियतामा सातौं स्थानमा उक्लिएका छन् ।

१६ बर्षिय प्रिन्स जर्मनीमा सम्पन्न जुनियर इन्टरनेशनल सिरिजमा फ्रेञ्च खेलाडीसँग पराजित भएका थिए । तर त्यस क्रममा उनले हात पारेको लगातार तीन जितका कारण उनका वरियता सुध्रिएको हो । जर्मनीमा उनको त्यो दोश्रो प्रतियोगिता थियो । उनले त्यसअघि नेदरल्याण्ड्समा अर्को प्रतियोगिता खेलेका थिए ।

प्रिन्सको १० हजार ४ सय अंक रहेको छ । सिनियर बरियतामा उनी ४ सय ४५ औं स्थानमा रहेका छन् । बिश्व जुनियर बरियताको अग्र स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ कायमै रहेका छन् । उनको २१ हजार ८ सय ८० अंक रहेको छ ।

गत जनवारीमा नेपालमै भएको प्रेसिडेन्ट कप इन्टरनेशनल च्याम्पियनसिपको फाइनल पुगेका उनी ११ औं स्थानमा रहेको थिए । उक्त फाइनलमा उनी भारतका मिराओ लुवाङसँग १६–२१, २३–२१, १५–२१ ले पराजित भएका थिए ।

टप २० मा उनी १८ औं हुदै १४ औं स्थानमा पुगेका थिए । बिश्व ब्याडमिन्टनको जुनियर र सिनियर दुवै गरि यति लामो यात्रा तय गर्ने प्रिन्स नेपाली ब्याडमिन्टन इतिहासका एक मात्र खेलाडी हुन् । यसको कारण हो उनले लगातार रुपमा खेल्दै आएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु र त्यहा हात पारेका जितहरु । प्रिन्सलाई दशरथ रँगशालाको कभर्ड हलमा पराजित गरेका लुवाङ्ग दोश्रो र मलेशियाका कोक जिँग होङ्ग तेश्रो स्थानमा रहेका छन् ।

Click to comment

Trending