Headline

दक्षिण अफ्रिकाले भारतका खेलाडीसँग हात नमिलाउने 

Published

on

दक्षिण अफ्रिकाका खेलाडीहरुले भारतका खेलाडीहरुसँग भारत भ्रमणका क्रममा हात नमिलाउने भएका छन् । यहि बिहिबारबाट शुरु हुने भारत र दक्षिण अफ्रिका बीचको तीन खेलका शृंखलाका क्रममा दुबै टोलीले हात नमिलाउने भएका हुन् ।
विश्वभर कोभेड १९ (कोरोना भाइरस) को आतंक फैलीरहेको र विभिन्न खेलकुद गतिविधिहरुमा बाधा पुराई रहेको अवस्थामा दक्षिण अफ्रिकाले भने भारत भ्रमण गर्न लागेको हो । कोरोना भाइरसका कारण सतर्कता अपनाउनका लागि दुबै टोलीले हात मिलाउनुको साट्टो मुट्ठी जोड्ने छन् ।

त्यस्तै भारतले आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) तोकिएकै समयमा आयोजना गर्ने भएको छ ।

गांगुलीले खेलाडी, फ्रेन्चाइज, टोली बस्ने होटेल, ब्रोडकास्ट सबैलाई सजकता अपनाउन भनेको जनाएका छन् । त्यस्तै बोर्डले खेलाडीहरुलाई खेलका समयमा एक आपसमा तथा समर्थकहरुसँग हात नमिलाउन उर्दी जारी गरेको छ भने समर्थकहरुको मोबाइलबाट पनि फोटो खिच्न बन्चित गर्ने जनाएको छ ।

सन् २०२० संस्करणको आईपीएल मार्च २९ तारिखबाट शुरु हुनेछ । वान्खेड़े रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् ।

Click to comment

Trending