Headline

सातदोबाटो र बाँसबारी बिजयी

Published

on

 

अतिरिक्त समयमा भुवन बस्नेतले गोल गरे पछी सातदोबाटो युथ क्लबले शहीद स्मारक बि डिभिजन लिगमा महत्वपूर्ण जित निकाल्न सफल भएको छ।

पुल्चोक स्पोर्टस क्लबलाई १-० ले हराउने क्रममा भुवनले ९० मिनेट पछी थपिएको अतिरिक्त समयको ३ मिनेटमा गोल गर्दै सातदोबाटो पहिलो स्थानमा यथावत रहन सफल भएको हो।

अर्को खेलमा भने अमृत गुरुङ र सजिन थापा मगरले गोल गरे पछी बाँसबारी क्लबले आरसीटीलाई २-१ गोलले हराएको छ।

सातदोबाटो स्थित अन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले आरसीटीमाथि महत्वपूर्ण जित निकल्दै ११ अंक जोड्न सफल भएको हो।

पहिलो गोल गरेको आरसीटीले आग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको थियो। खेलमा पहिलो गोल आरसीटीका शिहस थापाले २४ औँ मिनेटमा गरेका थिए। दोस्रोहाफमा ‘कमब्याक’ गरेको खेलमा बाँसबारीका लागि दोस्रो हाफको ५१ औँ मिनेटमा अमृत गुरुङले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा अक्रमक प्रदर्शन गरेको बाँसबरीका लागि खेल जिताउन ७६ औँ मिनेटमा सजिन थापा मगरले गोल गरेका थिए।

शहीद स्मरक बि डिभिजन लिगमा अघिलो बर्ष रेलिगेसन नभएकाले एक अंक घटेको बाँसबारी ११ अंक शहीत दोस्रो स्थानमा छ भने १२ अंकका साथ् सतदोबाटो पहिलो स्थानमा छ।

Click to comment

Trending