Headline

ला लिगा र च्याम्पियन्स लिगका खेलहरुमा पनि दर्शक नहुने

Published

on

कोरोना भाइरसको त्रासका कारण स्पेनिस लिगमा अब दुई हप्ता हुने सबै खेलहरु दर्शक बिना खेलिने भएको छ ।

मङ्गलबारदेखि हुने एबार र रियल सोसिडाडको खेलदेखि ला लिगामा दर्शकहरुको प्रवेशमा रोक लगाइनेछ । स्पेनको स्वास्थ्य मन्त्रालय र खेलकुद परिषदको निदेर्शन अनुसार ला लिगाले यो निर्णय लिएको हो । बार्सिलोनाले नापोलीबिरुद्ध च्याम्पियन्स लिगमा खेल्न गइरहेको अन्तिम १६ को दोश्रो लेग पनि क्याम्प नाउमा बिना दर्शक कै हुनेछ ।

यसअघि च्याम्पियन्स लिग अन्तर्गत नै भ्यालेन्सिया र एट्लान्टाबीचको खेल पनि खाली रँगशालामा खेलाइएको थियो । युरोपा लिग अन्तर्गत सेभिया र रोमा तथा गेटाफे र इन्टर मिलानबीचको खेल पनि क्लोज्ड डोरमा खेलाइनेछ ।

कोरोनाको चपेटामा पेरिस सेन्ट जर्माइन र बोरुसिया डर्टमण्डबीचको च्याम्पियन्स लिगको खेल पनि परेको छ । इटालीमा अप्रिल ३ सम्मका लागि सबै खेलकुद गतिविधिहरुमा रोक लगाइएको छ । यस अन्तर्गत इटालियन सिरी आ का खेलहरु पर्दछन भने इटालियन क्लबहरु र राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय खेलहरुका लागि भने यो व्यवस्था लागु गरिएको छैन ।

कोरोना भाइरका कारण चिनबाहेक सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटालीमा ४ सय ६३ जनाले यो खतरनाक भाइरसका कारण ज्यान गुमाइसकेको छ । संसारभर यसबाट मृत्यु हुनेको संख्या ४ हजार पुग्न लागिसकेको छ ।

Click to comment

Trending