Headline

भारतलाई पराजित गर्दै अस्ट्रेलियालाई ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि 

Published

on

अस्ट्रेलियामा सम्पन्न फाइनलमा भारतलाई ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाले पाँचौं पटक महिला ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि माथि कब्जा जमाएको छ ।
मेलबर्नमा सम्पन्न फाइनलमा टस जीतेर ब्याटिंङ गरेको अस्ट्रेलियाले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १८४ रनको विशाल योगफल तयार गर्यो भने जवाफी ब्याटिंङ गरेको भारतले १९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियालाई उपाधि दिलाउने क्रममा ब्याटिंङ तर्फ ओपनरद्वय एलिसा हेली र बेथ मोनीले क्रमसः ७५ तथा ७८ रन बनाए भने बलिङ तर्फ मेगन स्कटले चार तथा जेस जोनासेनले पनि तीन विकेट हात पारे ।
शुरवात देखि नै आक्रमक देखिएको अस्ट्रेलियाका लागि हेली र मोनीले पहिलो विकेटका लागि ११ दशमलब चार ओभरमा ११५ रन जोडे । तिफानी पारी खेलेकी हेलीले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गरिन् भने मोनीले ५४ बलमा १० चौका प्रहार गरिन् ।
अस्ट्रेलियाकी कप्तान मेग लनिङ्गले १६ रन जोडिन् भने भारतको तर्फबाट दिप्ती शर्माले सर्वाधिक दुई विकेट हात पारिन् ।
भारतको तर्फबाट दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाइन् भने वेदा कृष्णमुर्थीले १९ तथा रिचा घोषले १८ रनको पारी खेले । अन्य ब्याट्सवोमनले उलेख्य योगदान दिन नसक्दा पहिलो पटक विश्वकपको फाइनल खेलेको भारत उपबिजेतामा सिमित हुन पुग्यो ।
भारतको पारी सम्हालिन नदिने क्रममा अस्ट्रेलियाका स्कटले तीन दशमलब एक ओभरमा मात्र १८ रन तथा जोनासेनले चार ओभरमा २० रन खर्चिए ।
अस्ट्रेलियाकी एलिसा हेली खेलको प्लेयर अफ द म्याच तथा बेथ मोनीले प्ल्येर अफ द सिरिजको उपाधि हात पारे ।

Click to comment

Trending