Headline

कोरोना भाइरसः फ्यानहरु नहुने हो भने लेब्रोन जेम्स खेल्न चाहदैनन्

Published

on

कोरोना भाइरसका कारण एनबीएमा पनि दर्शक बिना लिग गराउने तयारी थालिएपछि अमेरिकी बास्केटबल स्टार लेब्रोन जेम्सले फ्यानहरुको अनुपस्थितिमा आफू खेल्न नखेल्ने स्पष्ट पारेका छन् ।

एनबिए वेष्टर्न कन्फेरेन्सबाट प्ले अफमा स्थान बनाइसकेको लेब्रोनको लस एन्जलस लेकर्ससँगै एनबिएले लिगका सम्पूर्ण खेलहरु बन्द स्टेडियममा गराउने तयारी गरिरहेको छ । मिल्वाउकी बक्सका ग्रिक खेलाडी यानिस एन्टेन्टोकुप्कोसँगै एनबिएको एमभिपीको दौडमा रहेका लेब्रोन समर्थकहरु नहुने हो भने नखेल्ने मनसायमै छन् ।
“बिना दर्शकको खेल ? म खेल्दिन,” सिजनको उत्कृष्ट भिडन्तमा बक्सलाई हराएपछि लेब्रोनले भने । “खाली स्टेडियममा खेल्नु औचित्य के ? म मेरो टिमका साथीहरूका लागि खेल्छु, फ्यानहरूका लागि खेल्छु र यो सबैलाई थाहा छ । यदि म कोर्टमा पुग्छु र त्यहाँ प्रशंसक नै हुदैनन् भने खेल्दै खेल्दिन,” लेब्रोनले भने ।

एनबीएले उपस्थिति सीमित राख्न फ्रान्चाइजहरुलाई आवश्यक कर्मचारीको नियक्ति गर्न पनि निर्देशन दिएको छ । सबै तिर यो निर्णयको सही र गलत दुबै टिप्पणी भईरहेको बेला मायामी हिट्स र क्लेभल्याण्ड क्याभिलियर्सबाट पनि स्टार भइसकेका लेब्रोनले भने ।

७ बर्षपछि पहिलो पटक प्ले अफ यात्रा

२०१३ पछि पहिलो पटक लेकर्स प्ले–अफमा स्थान बनाउन सफल भएको छ । यस क्रममा लेकर्सले बक्सलाई ११३–१०३ ले हराएको हो । लेब्रोनले लेकर्सका लागि ३७ अंकको साथ उत्कृष्ट प्रदर्शन गरेका थिए । यानिसले बक्सका लागि ३२ अंक जोडेका थिए । दुई स्टार खेलाडीको भिडन्तमा लेब्रोनले ८ रिबाउण्ड र सात असिस्ट पनि गरेका थिए । यानिसको नाममा ११ रिबाउण्ड र ७ असिस्ट रहेको थियो ।

लेकर्सको जितमा फरवार्ड एन्थोनी डेभिसले पनि स्ट्यापल्स सेन्टरमा ३० अंक जोड्न सफल भए । पहिलो हाफमा दुवै टोलीले समान ४८ अंक जोडेपछि लेकर्सले उत्कृष्ट खेल देखाउदै १८ अंकको अग्रता बनाएको थियो ।

डिफेन्डिङ्ग च्याम्पियन टोरन्टो र्याप्टर्र्सले पनि इस्टर्न कन्फ्रेन्सबाट प्ले अफमा स्थान बनाएको छ । पछिल्लो पटक लेकर्स प्ले–अफमा हुँदा पहिलो चरणमा सान एन्टोनियो स्पर्सले ४–० ले हराएको थियो । १६ पटकको एनबीए च्याम्पियन रहेको लेकर्सले त्यसपछिका वर्षहरूमा धेरै संघर्ष गरेको छ ।

तीन उपाधी जितेका लेब्रोन लेकर्समा आए पछि पनि लेकर्स गत सिजन पनि पराजित भएको थियो । न्यु ओर्लिन्स पेलिकन्सबाट डेभिस एलए आएपछि लेकर्स यो सिजन लिगको सबैभन्दा प्रभावशाली टिममध्ये एक हुन पुगेको छ । लेकर्स २०१० पछि आफ्नो पहिलो उपाधि जित्न चाहन्छ ।

Click to comment

Trending