Headline

पुर्व पाकिस्तानी स्पिनर सक्लैन मुस्ताक प्रशिक्षण दिन नेपाल आउँदै 

Published

on

पाकिस्तानका पुर्व अफ स्पिनर सक्लैन मुस्ताक प्रशिक्षण दिन नेपाल आउने भएका छन् ।
ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निम्तोमा आउन लागेका मुस्ताक अप्रिल १४ देखि २१ सम्म नेपालमा रहने छन् । उनले एकेडेमीमा खेलाडीहरुलाई एक हप्ते लामो प्रशिक्षण दिनेछन् । त्यस्तै एकेडेमीले अन्य खेलाडीलाई पनि प्रशिक्षणमा सहभागिता जनाउन दिनेछ ।
पछिल्लो संस्करणको विश्वकपको उपाधि इंग्ल्यान्डले जीत्दा मुस्ताक बलिङको रहेका थिए । त्यस्तै दुश्राका जन्मदाता मुस्ताकले इंग्ल्यान्ड बाहेक न्युजिल्यान्ड, वेस्ट इण्डिज, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेशमा पनि बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
४३ बर्षिय मुस्ताकले पाकिस्तानको तर्फबाट ४९ टेस्ट तथा १६९ एकदिवसीय खेल खेलेका थिए । उनले टेस्टमा २०८ तथा एकदिवसीयमा २८८ विकेट आफ्नो नाममा लेखाएका छन् ।

Click to comment

Trending