Headline

आईपीएललाई कोरोनाले प्रभावित नगर्ने

Published

on

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) तोकिएकै समयमा आयोजना हुने भएको छ ।
विश्वभर कोभेड १९ (कोरोना भाइरस) को आतंक फैलीरहेको र विभिन्न खेलकुद गतिविधिहरुमा बाधा पुराई रहेको अवस्थामा बीसीसीआईले भने तोकिएको समयमा नै आईपीएल शुरु गर्ने जनाएको छ ।
भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाङगुलीले नै कोरोनाको त्रासका बाबजुत आईपीएल नसार्ने जनाएका छन् । ‘आईपीएल जारी रहने छ । बीसीसीआईले सबैको सुरक्षा गर्नेछ ।’
गांगुलीले खेलाडी, फ्रेन्चाइज, टोली बस्ने होटेल, ब्रोडकास्ट सबैलाई सजकता अपनाउन भनेको जनाएका छन् । त्यस्तै बोर्डले खेलाडीहरुलाई खेलका समयमा एक आपसमा तथा समर्थकहरुसँग हात नमिलाउन उर्दी जारी गरेको छ भने समर्थकहरुको मोबाइलबाट पनि फोटो खिच्न बन्चित गर्ने जनाएको छ ।
सन् २०२० संस्करणको आईपीएल मार्च २९ तारिखबाट शुरु हुनेछ । वान्खेड़े रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने छन् ।

Click to comment

Trending