Headline

श्रीलंकासँगको ट्वान्टी ट्वान्टी शृंखलामा वेस्ट इण्डिजको क्लिन स्विप 

Published

on

आन्द्रे रसेलको तुफानी पारीको मद्धतमा वेस्ट इण्डिजले घरेलु टोली श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा २५ रनको जीत हात पारेको वेस्ट इण्डिजले दोश्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गर्दै शृंखला माथि क्लिन स्विप गरेको हो ।
जीतका लागि १५६ रनको मध्यम लक्ष्य लिएर ब्याटिंङ गर्न आएको वेस्ट इण्डिजले १७ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।
वेस्ट इण्डिजको जीतमा खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित आन्द्रे रसेलले १४ बलको सामना गर्दै छ छक्काको मद्धतमा ४० अविजित ४० रन प्रहार गरे । त्यस्तै समान ४३ रन बनाएका ओपनर ब्रान्डन किंग र तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका शिम्रोन हेट्मायरले क्रमसः २१ बलमा छ चौका र दुई छक्का तथा ४२ बलमा तीन चौका प्रहार गरे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५५ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाको तर्फबाट दासुन शनाकाले अविजित रहँदै सर्वाधिक ३१ रन जोडे भने एन्जेलो म्याथ्युजले पनि २३ रनको पारी खेले ।

Click to comment

Trending