Headline

रशिद खानको घातक बलिङमा अफगानिस्तानको रोमान्चक जीत 

Published

on

बर्षाले प्रभावित भएको आयरल्यान्ड बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा अफगानिस्तानले डकवर्थ लुइस नियम अनुसार ११ रनको रोमान्चक जीत हात पारेको छ । यस जीतसँगै तीन खेलको शृंखलामा अफगानिस्तान १-० ले अघि रहेको छ ।
खेलमा १७३ रनको बिशाल लक्ष्यका साथ ब्याटिंङ गरेको अफगानिस्तानले १५ ओभरमा पाँच विकेटको नोक्सानीमा १३३ रन बनाएको अवस्थामा ग्रेटर नोयडामा भारी बर्षा शुरु भयो । लगातारको बर्षाका कारण खेल हुन सकेन र अफगानिस्तानले खेल ११ रनले जीत्यो ।
अफगानिस्तानको जीतमा नजिबउल्लाह ज़द्रानले अविजित रहँदै २१ बलमा तीन चौका र दुई चौकाको मद्धतमा सर्वाधिक ४२ रन बनाए । त्यस्तै अफगानिस्तको तर्फबाट समिउल्लाह शिनवारी र रहमानउल्लाह गुर्बाज़ले समान २८-२८ रनको पारी खेले भने हज्रतुल्लाह ज़जाईले पनि १५ बलमा २३ रनको योगदान दिए ।
यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको आयरल्यान्डले ओपनर पौल स्टिरलिङको अर्धशतकको मद्धतमा २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७२ रनको बिशाल योगफल बनाउन सक्यो ।
स्टिरलिङले ४१ बलको सामना गर्दै आठ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६० रन बनाए । त्यस्तै आयरल्यान्डको लागि अर्का ओपनर केबिन ओ’ब्रायनले पनि तुफानी पारी खेल्ने क्रममा १७ बलमा चार चौका र दुई छक्काको मद्धतमा ३५ रनको योगदान दिए  ।
अफगानिस्तानको बलरहरु महँगो साबित हुँदा पनि खेलको म्यान अफ द म्याच घोषित रशिद खानले चार ओभरमा २२ रन खर्चिएर तीन विकेट हात पारे ।

Click to comment

Trending