Headline

म नेपाली क्रिकेट समर्थकहरुसँग माफी माग्न चाहान्छु : पारस खड्का (भिडियो अन्तरवार्ता)

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुलाई दु:खि बनाएकोमा माफी मागेका छन् ।
थाईल्याण्डमा जारी एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट ईष्टर्न रिजनमा चार खेल खेलेको नेपालले दुईमा हारको सामना गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्नबाट असफल भएको छ भने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टेस्ट रास्ट्रहरु सम्मिलित एसिया कप खेल्ने सपना फेरी एक पटक चकनाचुर भएको छ ।
प्रतियोगिताबाट बाहिरिए पछि पारसले नेपालको प्रदर्शन र आफ्नो खराब फर्मका कारण नेपाली क्रिकेट समर्थकहरु निकै निकै निराश रहेको र यसका लागि माफी माग्न चाहेको बताए ।
पारसले भने, ‘हामीले राम्रो क्रिकेट खेल्न सकेनौं । मेरो व्यक्तिगत प्रदर्शन पनि राम्रो रहेन । हामी एसिया कप छनोटको अर्को चरणमा पुग्न नसक्दा समर्थकहरुमा निराशा छाएको छ । यसका लागि म राष्ट्रिय टोली तथा आफ्नो व्यक्तिगत तर्फबाट माफी माग्न चाहान्छु ।’
‘एकदिवसीय खेलमा राम्रै गरेता पनि ट्वान्टी ट्वान्टीमा हामीहरु सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनौं । ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा पनि हाम्रो प्रदर्शन बिर्शन लाएक थियो भने यस पटक पनि यस्तै भएको छ ।’
हेर्नुहोस् पारस खड्कासँगको भिडियो अन्तरवार्ता 

1 Comment

Trending