राष्ट्रिय

नेपालका खेलहरु स्थगित गर्ने फिफाको निर्णय

Published

on

 

नेपालले घरेलु मैदानमा खेल्ने भनिएका अस्ट्रेलिया र चाइनिज ताइपे विरुद्धका विश्वकप तथा एसिया कपका छनोटका खेलहरु तत्कालका लागि स्थगित गर्ने फुटबलको सर्वाच्च निकाय फिफाले जनाएको छ।

फिफा र एसिलायी फुटबल संघले गरेको बैठकमा तत्कालकालागि एसियामा हुने खेलहरु स्थगित गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका काराण स्वास्थको ख्याल गर्दै यस्तो फैसला लिएको जनाएको हो।

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेयसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो । छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अङ्क मात्र जोडेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ ।

नेपाल रहेको समूहमा अस्ट्रेलिया १२ अंन्कका साथ शिर्ष स्थानमा रहेको छ भने १०-१० अंन्कका साथ कुवेत र जोर्डन दोस्रो र तेस्रो स्थानमा रहेका छ्न । नेपाल ३ अंन्ककासाथ चौथोमा रहेको छ भने ताइपेले खातानै नखोली अन्तिम सथनमा रहेको छ।

Click to comment

Trending