Headline

नेपाल–सिँगापुरबीचको खेल गिलो मैदानका कारण रद्द

Published

on

एसिसि इन्टर्न रिजन ट्वान्टी ट्वान्टी क्वालिफायर्स अन्तर्गत नेपाल र सिँगापुरबीचको खेल गिलो मैदानका कारण रद्द भएको छ ।

टर्डथाइ क्रिकेट ग्राउण्डमा लामो समयको पर्खाइपछि पिच खेल्न अयोग्य भएको निर्णय गर्दै अम्पायरहरुले खेल रद्द गरेका हुन् । खेलमा टस पनि हुन सकेको थिएन । बर्षा रोकिए पनि बादलका कारण ग्राउण्ड स्टाफहरुले पिच सुकाउन निकै कठिनाईको सामना गर्नु परेपछि खेल रद्द गरिएको हो ।

पहिलो दुई खेलमा लगातार पराजित भएको नेपाल एसिया कप क्वालिफायर्सको दौडबाट बाहिरिसकेको छ । नेपालले पहिलो खेलमा मलेसियासँग २२ र दोश्रो खेलमा हँगकँगसँग ४३ रनले पराजित भएको थियो । थाइल्याण्डसँगको खेलमा ९ विकेटको फराकिलो अन्तरको जित हात पारेपनि नेपालको लागि फाइदाजनक भने हुन सकेन ।

सिँगापुर यसअघि नै अगष्टमा हुने एसिया कप क्वालिफायर्समा प्रवेश गरिसकेको छ । स्थानीय समय अनुसार ११ः१५ मा अम्पायरहरुले अर्को पिच निरिक्षण गर्नेछन् । पिच अवस्था यति नाजुक रहेको छ की दोश्रो खेल हुनेमा पनि शंक रहेको छ ।

Click to comment

Trending