राष्ट्रिय

झम्शिखेल पराजित,टुसाल तेस्रो स्थानमा उक्लियो

Published

on

 

मोहित गुरुङ र अलोन राइको दुई गोल र भुपेन्द्र शाहीको एक गोलको मद्धतमा झम्शिखेल युथ क्लबलाई ५-० को फरकिलो अन्तरले हराउदै टुसाल युथ क्लबले बि डिभिजनमा अर्को जित दर्ता गराएको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा झम्शिखेलका लागि सबै गोल दोस्रो हाफमा भएको थियो। खेलको ४७ औँ मिनेटमा मोहित गुरुङको गोलबाट आग्रता लिएको झम्शिखेलले त्यसपछी लगातार आक्रमण बुनेको थियो। ७५ औँ मिनेटमा भुपेन्द्र शाहीको गोलले २-० को अग्रता बनाएको टुसालले झम्शिखेललाई दोस्रो हाफमा पूर्णरुपमा दबाबमा राखेको थियो। त्यसपछी को तीन मिनेटमै अलोन राइले गोल गर्दै टुसाललाई बलियो स्थितीमा पुराए। ८५ औँ मिनेटमा फेरी मोहित गुरुङले गोल गर्दै टुसाललाई ४-० को स्थितमा पुराएको थिए। त्यस पछी अन्तिम समयमा थिएको अतिरिक्त समयमा अलोनले गोल गरेसङै टुसाल ५-० ले बिजयी भएको हो।

जित सँगै टुसाल तेस्रो स्थानमा उक्लेको छ। झम्शिखेल भने एघारौँ स्थानमा झरेको छ।

Click to comment

Trending