Headline

महिला राष्ट्रिय लिग चैत्र ३ देखि

Published

on

अखिल नेपाल फुटबल संघले महिला फुटबलको बिकासलाई मध्येनजर गर्दै उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।

चैत्र ३ देखी १३ गते सम्म हुने यो प्रतियोगिता एन्फाले सुन्सरी स्थित धरान रङशालामा पहिलो चरणका खेल हरु खेलाउने जनाएको छ । दोस्रो चराणका खेलहरु बैशाखको पहिलो साता देखी काठमाडौं र अन्तिम खेलहरु शहदि रङशाला बिराटनगरमा गराउने छ ।

प्रतियोगितामा सात टोली सहभागी हुने छन् । प्रतियोगिता डबल राउन्ड रोविन लिगका आधारमा खेलाइनेछ । सहभागी सात टोली मध्ये चार टिम चन्द्रपुरमा भएको छनोट प्रतियोगिता मार्फत आएका हुन् ।

प्रतियोगितामा बिजेताले १५ लाख, उपबिजेताले ८ लाख , तेस्रो हुनेले ५ लाख र चौथो हुनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइनेछ ।

सहभागि टोलीहरुमा चौडन्डीगढी नगरपालिका, त्रिभुवन आर्मी क्लब, बिराटनगर महानगरपालिका, वालिङ्ग नगरपालिका, चन्द्रपुर नगरपालिका, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

Click to comment

Trending