Headline

अष्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा

Published

on

दक्षिण अफ्रिकालाइ डक वर्थ लुईस प्रणालीमा पाँच रनले पराजित गर्दै अष्ट्रेलिया महिला बिश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

फाइनलमा घरेलु टोलीले भारतको सामना गर्नेछ । अर्को सेमिफाइनल बर्षाका कारण एक ओभर पनि हुन नसकेपछि भारत समुह बिजेतको रुपमा फाइनल प्रवेश गरेको हो ।

बर्षाका कारण दोश्रो सेमिफाइनल पनि प्रभावित भएको थियो । पहिलो ब्याटिङ्ग गर्दै अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ३४ रन बनायो । दक्षिण अफ्रिकाले १० ओभरमात्र खेलेको स्थितिमा बर्षा भएपछि उसलाई अन्तिम तीन ओभरमा ३२ रनको आवश्यकता रहेको थियो तर २६ रनमात्र जोड्न सक्यो ।

दक्षिण अफ्रिकाले १३ ओभरमा पाँच विकेट गुमाउदै ९४ रन बनाएको थियो । लौरा उल्भार्टले दक्षिण अफ्रिकाका लागि सर्वाधिक ४१ रन बनाईन् । तीन चौका र दुई छक्का प्रहार गरेकी उनले २७ बलको सामना गरेकी थिइन् ।

अष्ट्रेलियका लागि प्लेयर अफ द म्याच मेग ल्यानिङ्गले नटआउट ४९ रन बनाएकी थिइन् । उनले चार चौका र एक छक्का प्रहार गरिन् । नदाइन डि क्लेर्कले दक्षिण अफ्रिकाका लागि सर्वाधिक तीन विकेट लिएकी थिइन् ।

Click to comment

Trending