Headline

एभरेस्ट प्रिमिएर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित  

Published

on

आगामी मार्च १४ तारिखबाट २८ तारिख सम्म टियु क्रिकेट मैदानमा आयोजना हुने भनिएको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ ।
आयोजक एभरेस्ट प्रिमिएर लिग प्रा. ली. आज काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सर्ने जनाएको हो । आयोजकले अब फेरी कुन मितीमा गर्ने भनेर सार्वजनिक गरेको छैन भने अर्को मिती फेरी तय गरेर सार्वजनिक गर्ने जनाएको छ ।
चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस कोभेड २०१९ अहिले विश्वका विभिन्न देशमा फैलिएको छ भने यसबाट नेपाल पनि प्रभावित भएको छ । त्यस्तै नेपाल सरकारले पनि कोरोना फैलन सक्ने भन्दै सभा समारोह लगातयत मानिसहरुको भिडभाड रहने कुनै पनि कार्यक्रम नगर्न भनेको छ ।
आयोजकले पनि फ्रेन्चाइजहरु, नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघको सरसल्लाहमा प्रतियोगिता सार्न लागिएको जनाएको हो ।
आगामी संस्करणको ईपीएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वोयन स्मिथ, सिंगापुरका टिम डेभिस, श्रीलंकाका जीवन मेन्डिस, न्युजिल्यान्डका कोरी एन्डरसन जस्ता खेलाडीको सहभागिता रहने निश्चित थियो ।

Click to comment

Trending