Headline

स्पर्सका डायर दर्शकसँग झगडा गर्न स्टेडियम नै चढ्न पुगे

Published

on

टोटेन्हयाम हट्स्परका इङ्गलिस मिडफिल्डर एरिक डायर दर्शकसँगको झगडामा मुछिएका छन् ।

इङ्गलिस एफए कप अन्तर्गत नर्विच सिटीबिरुद्ध बुधबार राति भएको खेलमा डायरले टोटेन्ह्याम हट्स्पर स्टेडियमको तल्लो स्ट्याण्डमा उक्लदै दर्शकसँग हातापाई गरेका थिए । स्पर्सका व्यवस्थापक होजे माउरिन्होका अनुसार दर्शकले डायरको बेइज्जत गरेपछि उनी हातापाईमा उत्रिएका थिए ।

केही बेरको तनावपछि सुरक्षकर्मिहरुले नै झगडा छुट्टाउनु परेको थियो । माउरिन्होका अनुसार डायरका भाई बेइज्जतीको घट्नाले खुशी भएका थिएनन् । “एरिकले जे गरे त्यो व्यवसायिक खेलाडीले गर्ने होइन तर यस्तो स्थितिमा हामी सबैले त्यही गर्ने थियौं,” उनले थपे ।

इङ्गल्याण्डका लागि ४० खेल खेलेका डायरले पेनाल्टी सुटआउटमा गोल गरेका थिए तर टिम क्रुलले दुई वटा पेनाल्टी बचाएपछि नर्विच जित हात पार्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।

“म फेरि पनि भन्छु । व्यवसायिक खेलाडीहरुले यस्तो गर्न मिल्दैन तर म खेलाडीको साथमा छु किनभने म उनलाई राम्ररी बुझ्छु । यी फ्यानले एरिकको बेइज्जती गरेका थिए । उनको परिवारसँगै थियो र उनको भाइलाई राम्रो लागेन,” माउरिन्होले भने ।

Click to comment

Trending