Headline

यस्तै रहे नेपाली क्रिकेट भविष्यमा नरहला भन्न सकिंदैनः सन्दिप लामिछाने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले नेपालको क्रिकेट अझै माथि र अर्को स्तर सम्म पुर्याउने हो भने सबैले आफ्नो तर्फबाट योगदान दिनु पर्ने बताएका छन् ।

थाइल्याण्डमा जारी एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी क्वालिफायर्समा अन्य बलरहरु असफल रहदा सन्दिपले भने एक सरहको प्रदर्शन दिदै आएका छन् । ट्वान्टी ट्वान्टी क्रिकेटमा एक सय विकेटको आकडा कटाउदै इतिहास कायम गरेका सन्दिपले बुधबार थाइल्याण्डबिरुद्धको खेलमा २२ डट फल राख्दै ट्वान्टी ट्वान्टी इतिहासमै नयाँ बिश्व किर्तिमान कायम राखेका थिए ।

यद्दपी सिँगो नेपाली टिमको प्रदर्शन भने बिर्सन लायक रहेको छ । नेपाल एसिया कप क्वालिफायर्सको दौडबाट बाहिरिसकेको छ भने एक समय बिश्वकप खेलेको टोली कमजोर मलेशिया र हँगकँगसँग पनि नराम्ररी पराजित हुन पुगेको थियो ।

क्रिकेटिङ्गनेपालसँग थाइल्याण्डमा कुरा गर्दै सन्दिपले नेपाली क्रिकेटमा आउन सक्ने अध्यारो भविष्यतर्फ सचेत गराएका छन् । “हामी नेपाली क्रिकेटले विश्वकप, एसियाकप जस्तो स्तर सम्म पुग्ने लक्ष्य राख्नु पर्छ तर कहिले खेल्ने हो त्यो भने थाहा छैन । त्यस्तै यदि खेलाडी, प्रशिक्षक, नेपाल क्रिकेट संघ सबै जना नेपाली क्रिकेटको स्तर सुधार गर्न तिर नलाग्ने हो भने नेपालले पनि क्रिकेट खेल्ने गथ्र्यो भन्ने स्थिति आउन सक्छ,” सन्दिपले भने ।

सन्दिपले नेपालमा क्रिकेट खेल्ने र क्रिकेट चलाउने प्रणालीमै व्यापक सुधार आउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

हेर्नुहोस सन्दिपको पुरा भिडिया

1 Comment

Trending