Headline

नेपालको एसिया कप खेल्ने सपना फेरी चकनाचुर 

Published

on

नेपालको एसिया कप खेल्ने सपना फेरी एक पटक चकनाचुर भएको छ । एसिया कप छनोट ईष्टर्न रिजन अन्तर्गत आज सिंगापुरसँगको खेलमा हंगकंग पराजित भए पछि नेपालको एसिया कप छनोटको दोश्रो चरणमा पुग्ने आशा पनि समाप्त भएको हो ।
अघिल्ला दुई खेलमा मलेसिया र हंगकंगसँग पराजित भएको नेपालले आज बिहान सम्पन्न खेलमा आयोजक थाईल्याण्डलाई पराजित गरे पछि यदि आजको खेलमा सिंगापुरलाई हंगकंगले पराजित गरेको खण्डमा आफ्नो अन्तिम खेलमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेमा नेपालको सम्भावना रहने थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा सिंगापुरलाई पराजित गरे पनि प्रतियोगिताबाट आउट हुनेछ ।
आजको खेलमा जीत निकाले पछि सिंगापुर एसिया कप छनोटको अर्को चरणमा प्रवेस गरेको छ भने यस छनोट अन्तिम खेलमा मलेसिया र हंगकंग बिचको बिजेताले अर्को चरणमा प्रवेस गर्नेछ ।
आजको खेलमा सिंगापुरले दिएको १६९ रनको विजय लक्ष्य लिएर ब्याटिंङमा आएको हंगकंगले २० ओभरमा आठ विकेटको नोक्सानीमा मात्र १६८ रन बनाउन सक्यो र खेल १६ रनले हार्न पुग्यो ।

Click to comment

Trending