Headline

३३ बलमै हरायो नेपालले थाइल्याण्डलाई

Published

on

लेग स्पिनर सन्दिप लामिछानेले अर्को बिश्व किर्तिमान राखेको खेलमा नेपालले एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्समा थाइल्याण्ड ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

गणितिय सम्भावना मात्र बाकी रहेको स्थितिमा नेपाललाई बिशाल अन्तरको जित आवश्यकता रहेको थियो । टस हारि पहिलो बलिङ्ग गरेको नेपालले थाइल्याण्डलाई २० ओभरमा ६६ रनमा अल आउट गरेको थियो । जवाफमा कुशल मल्ल र पवन शर्राफले आक्रमक ब्याटिङ्ग गर्दै २४ बलमै ५८ रनको पार्टनरसिप गरेपछि नेपालले ५ दशमलव ३ ओभरमै लक्ष्य प्राप्त गर्यो ।

कुशलले १८ बलमै पाँच चौका र दुई छक्का प्रहार गर्दै ३६ रन बनाए । पवनले १० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै २७ रन बनाए । ओपनिङ्गमा आएका पुर्व कप्तान पारस खड्काले पाँच बलमा दुई चौकाको मद्दतमा ९ रन बनाए ।

यसअघि पहिलो ओभर लिएर आएका सन्दिप लामिछानेले २२ बलमा रन नदिई बिश्व किर्तिमान बनाएका थिए । उनले पाकिस्तानका मोहम्मद आमिरसहित अन्य चार ब्याट्स्म्यानहरुलाई यस क्रममा पछी पारेका थिए । आमिरले युएई बिरुद्ध २१ बल डट राख्दै किर्तिमान कायम गरेका थिए ।

शुरुवात देखि नै दवाबमा खेलेको थाइल्याण्डले दोश्रो ओभरदेखि विकेट गुमाउन शुरु गरेको थियो । हेनो जोर्डन र फिरियापोङ्ग सुवानच्वाईले समान १३ रन बनाएका थिए । नेपालका लागि म्यान अफ द म्याच करण केसीले चार ओभरमा १२ रन खर्चदै तीन विकेट लिएका थिए ।

यस्तै अविनाश बोहोराले दुई विकेट लिएका थिए । सन्दिपले चार ओभरमा ९ रन खर्चदै एक विकेट लिएका थिए, त्यसमा ६ वाइड रहेको थियो । उनले गरेको बलमा तीन रन मात्र ब्याटबाट निस्किएको थियो ।

नेपालको एसिया कप क्वालिफायर्स पुग्ने सम्भावना अब हँगकँग र सिँगापुरबीचको खेलले निर्धारण गर्नेछ ।

Click to comment

Trending