Headline

लिभरपुल चेल्सीसँग स्तब्ध

Published

on

प्रिमियर लिगको उपाधितर्फ अग्रसर लिभरपुललाई २–० ले पराजित गर्दै चेल्सी इङ्गलिस एफ ए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा विलियन र रोस बार्कलीले गोल गरेपछि लिभरपुल लगातार दुई खेलमा पराजित भएको छ । यसअघि इङ्गलिस प्रिमियर लिगमै लिभरपुल वाट्फोर्डसँग ३–० ले स्तब्ध भएको थियो । उक्त हारले लिभरपुलको प्रिमियर लिगमा ४४ म्याचको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो ।

शनिबार वाट्फोर्डसँग पराजय व्यहोरेको लिभरपुलले उक्त खेलको टोलीमा ७ परिवर्तन गरेको थियो । निकै प्रतिस्पर्धात्मक रहेको पाचौं चरणको खेलमा चेल्सीलाई भर्जिल भान डाइक, सादियो माने, एण्डी रोबर्टसन र जो गोमेज समावेश टोलीलाई हराउनका लागि कसरत गर्नु परेको थियो ।

लिभरपुलका नियमित गोलकिपर एलिसनको स्थान लिएका एड्रियनले विलियनले १३ औं मिनेटमा २० यार्डबाट गरेको प्रहारलाई नियन्त्रणमा लिन नसकेपछि चेल्सीले उपहार पाएको थियो । लिभरपुलले केही मौका बनाए पनि चेल्सीले फिर्ता बोलाएको गोलकिपर केपा अरिजाबालागाले केही उत्कृष्ट बचाउ गर्दै चेल्सीको अग्रतालाई कायम राखेका थिए ।

चेल्सीको हार ६४ औं मिनेटमा सुनिश्चित भएको थियो । आफ्नै हाफबाट बल कुदाएका बार्कलीले उत्कृष्ट फिनिसिङ्ग गर्दै बार्कलीलाई बिट गरेका थिए । यो जित हाम्रो केटाहरुको लागि निकै महत्वपूर्ण रहेको थियो, बिशेषगरी पछिल्ला दुई खेलको निराशाजनक नतिजाका कारण, बार्कलीले भने ।

चेल्सीले अझै फराकिलो अन्तरले जित्ने थियो तर मेसन माउन्टको २५ यार्ड बाट प्रहार गरेको फ्रि किक क्रसबारमा लागेको थियो भने ओलिभर जिरुडको शटलाई एड्रियनले मुस्किलले बचाएका थिए ।

Click to comment

Trending