Headline

सातदोबाटोको बि डिभिजनमा महत्वपूर्ण जित

Published

on

शहीद स्मरक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबलाई १–० गोलले हराएको छ ।

प्रतियोगिताको बलियो टोली मानिएको दुबै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि ५४औँ मिनेटमा दिनेश राइको गोलले सात्दोबाटोलाई महत्वपूर्ण जित दिलाएको हो । सातदोबटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुबै टोलीले समान प्रदर्शन गरेका थिए ।

पहिलो हाफमा मौकाको फाईदा उठाउन नसक्दा दुबै टोली गोल बिहिन हुन पुगेका थिए । दोस्रो हाफमा भने दिनेश राइको प्रहार गोलमा परिणत हुदा सातदोबाटोले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । प्रतियोगितामा श्री कुमारीको यो पहिलो हार हो । दिनेश राइ म्यान अफ द म्याच घोषित भए ।

Click to comment

Trending