Headline

बिश्व बरियतामा नेपालका प्रिन्स पहिलो पटक टप टेनमा

Published

on

प्रिन्स दाहालले बिश्व ब्याडमिन्टनमा नेपालको लागि ऐतिहासिक छलाङ्ग मारेका छन् । बिश्व ब्याडमिन्टन महासंघले मङ्गलबार जारी गरेको नयाँ जुनियर बरियतामा प्रिन्स १० औं स्थानमा उक्लिएका छन् ।

गत जनवारीमा नेपालमै भएको प्रेसिडेन्ट कप इन्टरनेशनल च्याम्पियनसिपको फाइनल पुगेका उनी ११ औं स्थानमा रहेको थिए । उक्त फाइनलमा उनी भारतका मिराओ लुवाङसँग १६–२१, २३–२१, १५–२१ ले पराजित भएका थिए ।

टप २० मा उनी १८ औं हुदै १४ औं स्थानमा पुगेका थिए । बिश्व ब्याडमिन्टनको जुनियर र सिनियर दुवै गरि यति लामो यात्रा तय गर्ने प्रिन्स नेपाली ब्याडमिन्टन इतिहासका एक मात्र खेलाडी हुन् । यसको कारण हो उनले लगातार रुपमा खेल्दै आएको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु र त्यहा हात पारेका जितहरु ।

१६ बर्षिय प्रिन्स अहिले पनि जुनियर इन्टरनेशनल सिरिज खेल्नका लागि जर्मनीमा रहेका छन् । युरोपमा अर्को प्रतियोगिता खेल्ने क्रममा प्रिन्स डच जुनियर इन्टरनेशनलमा प्रि क्वार्टरफाइनलमा पराजित भएका थिए । प्रिन्सको अहिले जुनियर बरियतामा ९ हजार ८ सय ६० अंक रहेको छ ।

सिनियर बरियतामा उनी ४ सय ४४ औं स्थानमा रहेका छन् । बिश्व जुनियर बरियताको अग्र स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ रहेका छन् । प्रिन्सलाई दशरथ रँगशालाको कभर्ड हलमा पराजित गरेका लुवाङ्ग र बरुन कपुर तेश्रो स्थानमा रहेका छन् ।

Click to comment

Trending