Headline

अन्तिम क्वार्टरमा पुनरागमन गर्दै रोयलले जित्यो अण्डर २३ बास्केटबल

Published

on

आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी अण्डर–२३ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ललितपुरको सानो गाउँस्थित रोयलकै इण्डोर कोर्टमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित ग¥यो । रोयलका जितमा निकेश रखल मगरले २० अंक जोडे । उनी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर पनि घोषित भए । उनले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

तेश्रो क्वार्टरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । तर पुनरागमन गर्दै रोयलले अन्तिम क्वार्टरमा रोयलले २०–९ को अग्रता बनाउदै उपाधि आफ्नो नाममा लेखायो । पहिलो तीन क्वार्टरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पा¥यो ।

टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी लगायतले पुरस्कृत गरे ।

फागुन १२ गतेदेखि शुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

Click to comment

Trending