Headline

पहिलो पटक खप्तड गोल्डकप जित्ने दाउमा सुदूरपश्चिम

Published

on

खप्तड गोल्डकपको फाइनल दशरथ रंगशालामा मंगलवार सुदूरपश्चिम ११ पहिलो पटक उपाधि जित्ने दाउमा हुनेछ ।

तर शहीद स्मारक ए डिभिजनको लिगमा चौथो स्थान ओगटेको थ्रि स्टार र लामो समय नेपाली घरेलु फुटबलमा खडा गरेको बिरासतका कारण सुदूरपश्चिमलाई जित्नको लागि ठूलै मनोबैज्ञानिक युद्ध जित्नु पर्ने हुन्छ ।

थ्रिस्टार लगातार दोस्रो पटक फाईनल खेलिरहेको टोली हो । चौथो संस्करणसम्म आईपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ । फाइनल अघि दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् ।

“फाइनल खेल फाइनलनै हुनेछ । दुवै टिमलाई उत्तिकै गाहे पनि । फाइनल खेल ५०–५० को हो । दुवै टिम युवा खेलाडीले भरिएको छ । जसले मौका बनायो, मिहिनत ग¥यो उसैले जित्ने हो,” थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने । “हामी हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।”

प्रतियोगिताको दुई खेल खेलेको थ्री स्टारले ३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टार सुदूरपश्चिम–११ लाई कमजोर आक्ने छैन ।

डिफेन्स लाईनमा बलियो रहेको थ्री स्टारलाई फाइनलमा आफ्नो अग्रपंक्तीले सताउने छ । उसले गोललाईन र डिफेन्समा राम्रो खेल देखाए पनि अट्याकमा भने चुकिरहेको छ । मुख्य फिनिसर नहुँदा फाईनलमा थ्री स्टारले यसैको सामना गर्नुपर्नेछ ।

नयाँ इतिहास रच्न सुदूरपश्चिमलाई १२ औं खेलाडीको रुपमा घरेलु समर्थकको राम्रो साथ रहनेछ । आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्ने बताउछन् ।

“फाइनल खेल हामीलाई गाहे पर्छ । थ्री स्टार राम्रो टिम हो । हाम्रो खेलाडीमा अनुभव छ । मनोबल पनि उच्च छ । घरेलु दर्शको राम्रो साथ रहनेछ,” प्रशिक्षक भण्डारीले भने । “खेलमा जसले गोल ग¥यो त्यसैले जित्ने हो । हामी बल पोजिसन भन्दा पनि गोल गर्न खेल्छौं ।”

प्रतियोगितामा २ खेल खेलको आयोजक टिमले ६ गोल गर्दा ३ गोल खाएको छ । टिमका खेलाडीबीच तालमेल नमिल्दा सुदुरपश्चिमले गोल खादै आएको छ । जसलाई सुधार गरे आयोजक टिमले नयाँ इतिहास राख्ने पक्का छ ।

प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेको आयोजकका विक्रम सिंह ठकुरी थ्रि स्टार विरुद्ध मुख्य हतियार रहनेछन् ।

Click to comment

Trending