Headline

हामीहरुले राम्रो क्रिकेट खेल्न सकेनौं : जगत टमाटा 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले हंगकंग बिरुद्धको खेलमा राम्रो खेल्न नसकेका कारण हारको सामना गर्न पुगेको जनाएका छन् ।
एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट अन्तर्गत थाईल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाल मलेसियासँग २२ रनले तथा आज हंगकंगसँग ४३ रनले पराजित भएको छ । लगातार रुपमा दुई खेलमा हार व्यहोरे पछि नेपालले एसिया कप छनोटको दोश्रो चरणमा पुग्ने आशा लगभग समाप्त भएको छ भने गणितिय सम्भावना मात्र रहेको छ ।
“हारको कारण भनेको हामीले राम्रो क्रिकेट खेल्न सकेनौं,” प्रशिक्षक टमाटाले भने । “हाम्रो खेलाडीहरु प्रतिभावान छन् । तर उनीहरुले आफ्नो क्षमता अनुसार खेल्न सकेनन् ।”
हेर्नुहोस् प्रशिक्षक जगत टमाटासँगको कुराकानीको पुरा भिडियो 

Click to comment

Trending