Headline

नेपाली टोली सम्हाल्ने बिषयमा बोलेनन दासानायके

Published

on

पुबुदु दासानायके नेपाली क्रिकेटलाई प्रदर्शनका आधारमा काया पलट गर्ने प्रशिक्षक हुन् । डिभिजन ४ बाट डिभिजन १ टोली बनेको नेपाल दासानायके कै पालामा २०१४ को ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागि भएको थियो ।

२०१५ मा क्यानडा फर्किएका दासानायकेले कन्सल्ट्यान्ट कोचको रुपमा २०१७ मा नेपालमै भएको आईसिसि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाबिरुद्धको घरेलु श्रंखलामा पनि नेपाली टोली सम्हालेका थिए ।

दासानायके अहिले नेपाल फर्किएका छन् तर फरक भुमिकामा । मार्च १४ बाट शुरु हुन गइरहेको एभरेष्ट प्रिमियर लिगका लागि उनी भैरहवा ग्लेडियेटर्स फ्राञ्चाइज सम्हाल्न नेपाल आइपुगेका हुन् । उनी आइतबार बिहान नेपाल आएका थिए ।

काठमाडौंमा आइतबार नै एक पत्रकार सम्मेलनमा दासानायकेले दुई श्रीलंकन खेलाडी जीवन मेण्डिस र मिलिन्दा सिरिवर्दनालाई भैरहवामा भित्र्याइएको जानकारी पनि दिए । शरद भेषावकर कप्तान रहेको भैरहवाले ओमानका बिलाल खान र वेष्ट इण्डिजका ड्वेन स्मिथलाई पनि भित्र्याएको छ । पत्रकार सम्मेलनमै दासानायकेले टिमको बारेमा जानकारी दिएका थिए । उनले गरेको अन्तकृयालाई लिएर पढौ गौरव फुयालको यो प्रस्तुतिः

एउटा फरक भुमिकामा नेपाल फर्किदा तपाइलाई कस्तो लागिरहेको छ ?

नेपाल सधैं मेरो लागि घर जस्तै हो र यो पटक एउटा नयाँ भूमिकामा आउँदा आँफैलाई खुशी लगिरहेको छ । भैरहवालाई चम्पियन बनाउने लक्ष्य का साथ हामी उत्रने छौँ ।

मोटै रकममा ठूला नाम भित्र्याउदा उपाधि दिलाउन कतिको दवाब हुन्छ ?

हामीले ध्यान दिने भनेको नाम र पैसा भन्दा पनि आफ्नो खेलमा हो । ठूला नाम भित्रदा नेपाली क्रिकेटलाई नै निकै ठूलो मद्दत पुग्छ । खेल जित्दै जने हो भने दवाब महसुस हुने छैन । खेललाई दवाबको रुपमा लिएन भने राम्ररी खेल्न सकिन्छ ।

बिदेशी खेलाडी कहिले सम्म आपुग्ने छन र के ढिला आउँदा टिममा असर नपर्ला ?

खेलाडी आउँदा ढिलो त हुन्छ नै होला तर पनि पनि २–३ दिन राम्रो सँग प्रशिक्षणमा ध्यान दिने हो भने एक अर्कासँग घुलमिल हुन सक्छन् ।

विदेशी खेलाडी बहेक अरु खेलाडीहरु कस्ता छन ?

हामीले भैरहवाबाट कस्तो खेलाडी भित्रिने छन पनि हेर्न बाँकी नै छ । ट्यालेन्ट हन्ट गराएर हामी राम्रो खेलाडीलाई टोलीमा समावेश गर्ने बिचार मा छौँ । विदेशी खेलाडी बहेक सिनियर राष्ट्रिय टोलीमा रहेका पाँच खेलाडीहरु भैरहवामै छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका खेलाडीहरु रहेकोले टिम राम्रौ नै बनेको छ ।

क्यानमा नयाँ नेतृत्व आएको छ, यदी क्यानले तपाइलाई राष्ट्रिय टोलीमा निम्तो दियो भने के गर्नु हुन्छ ?

अहिले म भैरहवाको लागि आएको हु । म यो बाहेक अरु केही पनि भन्न सक्दिन । त्यो बेला स्थिती कस्तो हुन्छ र मैले कस्तो जवाफ दिनु पर्छ भन्नेमा अहिले केही पनि बोल्न सक्दिन ।

Click to comment

Trending