Headline

बाँसबारीको मध्यपुरमाथि फराकिलो जित

Published

on

सुलेमान थापा मगर र सजन थापा मगरले दुई–दुई गोल गरेपछि बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनलाई शहीद स्मरक बि डिभिजन लिगमा ५–२ फराकिलो अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा सुरेश कुमालले पनि मध्यपुरका लागि एक गोल थपेका थिए । मध्यपुरको लागि भने धीरज श्रेष्ठ र सन्नी लामाले गोल गरेका थिए ।
खेल को पहिलो मिनेटमै बाँसबारीका सुलेमानले गोल गरेका थिए । अर्को गोलको लागि बाँसबारीले लामो समय कुर्नु परेन । छैटौँ मिनेटमा सजन थापा मगरले गोल गर्दै बाँसबारीलाई २–० को आग्रता दिलाएका थिए । त्यसको ५ मिनेट पनि बित्न नपाउदै सुलेमानले बललाई जाली चुमाउन सफल भए ।

खेल अवधिभर हावी भएको बाँसबारीले मध्यपुरलाई धेरै मौका बनाउन दिएको थिएन । १९ औँ मिनेटमा मध्यपुरका लागि धीरज श्रेष्ठले गोल गरे पनि पहिलो हाफको इन्जुरी समयमा फेरी सजनले गोल गर्दै बाँसबारीलाई ४–१ को स्थितीमा पुर्याएका थिए ।

दोस्रो हाफमा भने केही सम्हालिएको खेल प्रदर्शन गरे पनि मध्यपुरले बाराबरी गर्न सकेन । ७० औँ मिनेटमा बाँसबारीका लागि सुरेशले गोल गरेपछि मध्यपुरका लागि कमब्याकको ढोकै बन्द गरिदिएका थिए ।

अन्तिम ५ मिनेट बाँकी छदा मध्यपुरका लागि सन्नीले सान्त्वना गोल फर्काएका थिए । बाँसबारीको यो लगातार तेस्रो जित हो भने जितबिहिन मध्यपुर लगातार तिन खेलमा पराजित हुन पुगेको छ ।

Click to comment

Trending