Headline

फुटबल छोडेर अष्ट्रेलिया उडे अनुभवी गोलकिपर एलन न्यौपाने

Published

on

राष्ट्रिय टोली तथा च्यासल युथ क्लबका अनुभवी गोलकिपर एलन न्यौपाने अस्ट्रेलिया उडेका छन् ।

लामै समय देखि क्लब तथा राष्ट्रिय टोलीमा पनि सकृय रहेका एलेन नेपाली फुटबल छोड्दै विदेशीएका हुन् । चाइनिज ताइपेई र अस्ट्रेलियाबिरुद्ध घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि समेत ३१ सदस्यीय प्रारम्भिक टोलीमा परेका न्यौपाने अस्ट्रेलियाका लागि उडेको उनी निकट श्रोतले विस्पोर्ट्जलाई जानकारी दिएको छ ।

राष्ट्रिय टोली र नेपाली फुटबलमा भविष्य नदेखेएपछि विदेश गएका एलन एक्ला खेलाडी भने होइनन् । नेपालको घरेलु फुटबलमै जमेर बसेका अन्य खेलाडीहरु पनि यसअघि बिदेशिएका छन् । केही महिना अघि मात्रै राष्ट्रिय टोलीबाटै प्रशस्त अनुभव बटुलेका हेमन गुरुङ पनि अष्ट्रेलिया गएका थिए । हेमन त्यहीको लोकल लिग खेल्दै आइरहेका छन् ।

सामाजिक सन्जाल र मिडियामा गुप–चुप रहदै नेपाल छाडेका एलेन केही वर्ष देखी फुटबलमा निरन्तर सकृय थिए । २०१३ देखि नियमित रुपमा ए डिभिजन क्लव थ्रि स्टारमा आबद्ध रहेका एलनले केही समय अघि सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा च्यासलबाट खेलेका थिए ।

एलन सन् २०१६ देखि राष्ट्रिय टिममा भित्र बाहिर हुदै आएका छन् । उनी र ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लबका बिशाल श्रेष्ठ तेश्रो रोजाइको गोलकिपरमा पर्ने गर्छन । पहिलो रोजाइमा किरण चेम्जोङ्ग त्यसपछि बिकेश कुथु रहेका छन् ।

उनले सन् २०१५ देखि हालसम्म २३ बर्ष मुनिको उमेर समूहको टिममा रहेर ५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनी एन्फा एकेडेमीको उत्पादन हुन् । उनले २०१८ को एएफसी यू २३ छनौट खेल समेत खेलेका थिए । एलन सज् २०१८ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने टोलीको सदस्य पनि रहेका थिए ।

 

तस्विर सौजन्यः एन्फा

Click to comment

Trending