Headline

नेपालले टस जित्यो, हङ्गकङ्गबिरुद्ध पहिलो फिल्डिङ्ग गर्दै

Published

on

नेपालले टस जित्यो, हङ्गकङ्गबिरुद्ध पहिलो फिल्डिङ्ग गर्दै
एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत नेपालले टस जितेर पहिलो फिल्डिङ्ग गर्ने भएको छ ।
बैंककको टर्डथाइ क्रिकेट ग्राउण्डमा हुन गइरहेको पहिलो खेलका लागि नेपाल आफ्नो टोलीमा कुनै परिवर्तन ल्याएको छैन । प्रतियोगिताको पहिलो दिन नेपाल शनिबार मलेशियासँग २२ रनले स्तब्ध भएको थियो ।
एसिया कप क्वालिफायर्समा प्रवेश गर्नका लागि नेपाललाई अब हरेक खेल जित्नु पर्ने दवाब रहेको छ । नेपालले हङ्गकङ्गपछि आयोजक थाइल्याण्ड र सिँगापुरसँग खेल्न बाकी रहनेछ । नेपालको अन्तिम खेल सिँगापुरसँग रहेको छ ।
सिँगापुरले शनिबार आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल आइतबारको खेल पनि नजितेको खण्डरमा क्वालिफायर्समा पुग्ने सम्भावन न्युन हुनेछ ।

Click to comment

Trending