Headline

न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन ईपीएल खेल्ने 

Published

on

न्युजिल्यान्डका अलराउण्डर  कोरी एन्डरसन आगामी चैत्रमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिग (ईपीएल) खेल्ने भएका छन् ।
क्रिकेटिङ्गनेपाललाई प्राप्त जानकारी अनुसार एन्डरसन काठमाडौँ किंग्स ११ बाट खेल्ने छन् ।
२९ बर्षिय एन्डरसनले सन् २०१४ मा पाकिस्तानका ओपनर शहिद अफ्रिदीको नाममा रहेको एकदिवसीय खेलमा सबै भन्दा छिटो शतक हान्ने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । अफ्रिदीले सन् १९९६ मा श्रीलंका बिरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए भने एन्डरसनले ३६ बलमा आफ्नो शतक पुरा गरेका थिए ।
तर दक्षिण अफ्रिका कप्तान एबी डी भिलियर्सले सन् २०१५ मा आयोजना भएको एकदिवसीय विश्वकपमा वेस्ट इण्डिज बिरुद्ध ३१ बलमा शतक प्रहार गर्दै सबैभन्दा तिब्र शतकको किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
एन्डरसनले न्युजिल्यान्डको तर्फबाट १३ टेस्ट, ४९ एकदिवसीय र ३१ वटा ट्वान्टी ट्वान्टी खेल खेलेका छन् । उनले टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीमा क्रमश ६८३ रन र १६ विकेट, ११ सय नौं रन र ६० विकेट तथा ४८५ रन र १४ विकेट आफ्नो नाममा लेखाएका छन् । त्यस्तै उनले टेस्ट र एकदिवसीय खेलमा १-१ शतक प्रहार गरेका छन् ।
एन्डरसनसँग इन्डियन प्रिमिएर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) खेलेको अनुभब पनि रहेको छ । उनले आईपीएलमा दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स), मुम्बई इन्डियन्स र रोयल च्यालेंजर्स बंगलोरबाट तथा पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेका थिए ।

Click to comment

Trending