अन्तर्राष्ट्रिय

लिभरपुलको पहिलो हार, चेल्सी बराबरीमा रोकियो

Published

on

 इस्माइला सारले २ गोल गरे पछि लिभरपुललाई वाट्फर्डले हराउन सफल भएको छ।

रेलिगेसनको घेरामा रहेको वाट्फर्ड र च्याम्पियन बन्न तयार लिभरपुलको यो खेलले धेरैको अँखा केन्द्रित गर्यो। पहिलो हाफमा लय समाएको वाट्फर्डले गोल भने गर्न सकेको थिएन।

वाटफर्डले दोस्रो हाफमा भने सुरु देखीनै आक्रामक खेल देखाएको थियो। त्यही आक्रामक खेलको प्ररिणाममा वाट्फर्डले ५३ मिनेटमा इस्माइला सारले गोल गर्न सफल भएका थिए। त्यो गोल भएको सात मिनेट पनि नबित्दै ५९ औं मिनेटमा फेरि पनि सारको दायाँ खुटाले प्रहार गरेको बल गोल भएको थियो।

लगातार आक्रमण गरेको वाट्फर्डले फेरि ७३ औं मिनेटमा गोल गर्दै लिभरपुललाई निरह बनाएको थियो। यो पटक भने वाट्फर्डका लागि डनेले गोल गरेका थिए।

वाट्फर्डको सामु लिभरपुलको खेल फिक्का देखिन पुगेको थियो। अरु खेलमा भन्दा यो खेलमा लिभरपुलको डिफेन्स चल्न सकेन। हार सङै लिभरपुलले आफ्नो ‘इनभेन्सिबल’ हुने लक्षमा पुर्णबिराम लगाएको छ।

उता अर्को खेलमा भने मार्कस अलोन्सोको दुई गोलको मद्धतमा चेल्सीले ब्रनमाउथसङको हार टारेको छ। भिन्टिलिटी स्टेडियममा भएको खेलमा चेल्सीले राम्रो सुरुवात गरे पनि ब्रनमाउथले दोस्रो हाफमा आफ्नो बलियो खेल देखाएको थियो ।

चेल्सीका लागि निरन्तर आक्रामक मुभ बनाइरहेका बेला खेलको ३३ औं मिनेटमा मर्कस अलोन्सोको बांया खुट्टाले गरेको ससक्त प्रहारले जाली चुम्न सफल भएको थियो। दोस्रो हाफमा भने ब्रनमाउथले चेल्सीमाथि निकै दबाब बनाएको थियो।

दबाब बनाउने क्रममा ब्रनमाउथले खेलको ५४ औं मिनेटमा लेर्माको गोलबाट चेल्सीको एक गोलको आग्रता बरबरीमा झारेको थियो । त्यको ३ मिनेट नबित्दै ब्रनमाउथले आग्रता लिन सफल भएको थियो । जोसुवा किन्ङले गोल गर्दै ब्रनमाउथले २-१ को अग्रता लिएको थियो ।

त्यसपछिका धेरै मुभहरु चेल्सीले बनाएको थियो । एक गोलले पछाडी परेको स्थितीमा चेल्सीका लेफ्ट ब्याक मर्कस अलोन्सोले ८५ औं मिनेटमा हेडिङ गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका थिए ।

अरु खेलहरुमा भने कृस्टल प्यालेसले ब्राइटनलाई १-०, वेस्ट ह्यामले साउथह्याम्टनलाई ३-१ ले हारायो भने निउक्यासल र बर्न्लेले बिना गोलको बराबरी खेले।

अंन्क तालिकामा भने लिभरपुल ८० अंन्कका साथ पहिलो, ५७ अंन्कका साथ म्यान्चेस्टर सिटि दोस्रो। ५० अंन्कका साथ लेस्टर सिटि तेस्रो र लेस्टर लाई पछाउदै चेल्सी र म्यान्चेस्टर युनाइटेड समान ४५ र ४१ अंन्कका साथ चौथो र पाचौं स्थानमा रहेका छन।

Click to comment

Trending